अमेरिकामा पौने लाख बढिको मृत्यु, पछिल्लो २४ घण्टाको अपडेट



०१ जेठ २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ६५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८५ हजार ८२ बढी  पुगेको छ ।

एकैदिन २० हजार १ सय ७९ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १४ लाख २८ हजार ८सय १५ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ३ सय ४९ जनाको अवस्था गम्भीर रहेको छ भने ३ लाख ७ हजार ८ सय ९३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्