छिमेकी मुलुक भारतको पछिल्लो २४ घण्टाको अपडेट



०१ जेठ २०७७, काठमाडौं

भारतमा पछिल्लो २४ घण्टामा १ सय ३६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २ हजार ५ सय ५१ नाघेको छ ।

एकैदिन ३ हजार ७ सय ६३ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७८ हजार ५५ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २६ हजार ४ सय जना उपचारपछि निको भएका छन् भने ४९ हजार १ सय ४ जना संक्रमितको उपचार भइरहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क राष्ट्रमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ भने एसियाली मुलुकमा चौथो नम्बरमा रहेको छ त्यस्तै विश्वमा १४ औं नम्बरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्