भारत : ट्रक र बस ठोक्किँदा आठ जनाको ज्यान गयो



०१ जेष्ठ २०७७, भारत

भारतको उत्तर प्रदेशमा बिहीबार (आज) बिहान यात्रुबाहक र ट्रक ठोक्किँदा कम्तीमा आठ जनाको ज्यान गएको छ ।

मृत्यु भएका व्यक्ति आप्रवासी मजदुर हुन् । स्थानीय समयानुसार आज बिहान ३ बजे भएको घटनामा अन्य ५० जना घाइते भएका बताइएको छ ।

गुनाको क्यान्ट पिस भन्‍ने क्षेत्रमा दुर्घटना भएको हो । महाराष्‍ट्रबाट उत्तरप्रदेशस्थित घर जाँदै गरेका मजदूर दुर्घटनामा परेका हुन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्