कोरोनाका कारण इतिहासमै पहिलो पटक सर्यो ‘ओस्कार अवार्ड’



०१ जेठ २०७७, काठमाडौँ

विश्वकै सबैभन्दा ठूलो फिल्म अवार्ड कार्यक्रम ओस्कार अवार्ड समारोह यसपाली पहिलो पटक तोकिएको समयमा नहुने भएको छ । सन् १९९२ बाट सुरु भएको ओस्कार अवार्ड कार्यक्रम हरेक बर्ष तोकिएको समयमा नै हुदैँ आएको थियो ।

कोरोना भाइरसको कारण विश्वका धेरै देशमा लकडाउन चलिरहेको छ । फिल्म प्रदर्शन त ठप्प नै भएको छ । सोही कारण नोमिनेसनका लागि पर्याप्त इन्ट्री भएको छैन । २८फेब्रुअरी २०२१मा हुने ओस्कार समारोह अब मे जुन सम्म नहुने भएको छ ।

सामान्यतया ओस्कारक लागि आवेदन मार्च या अप्रिलमा हुने गर्थ्यो । नोभेम्बर डिसेम्बरमा सर्ट लिस्ट तयार हुन्थो । जनवरीमा जुरीले भोट गर्थे । तर लक्डाउनले फिल्म नै रिलिज भएको छैन ।पछिल्लो समय एकेडेमीले समेत परिवर्तित तालिका सार्वजनिक गरेको थियो । यस बर्ष रिलिज भएको फिल्म २०२२सम्म नोमिनेसन गर्न सकिने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्