कोरोना भाइरसको अन्त्य कहिल्यै नहुन सक्छ : विश्व स्वास्थ्य संगठन



०१ वैशाख २०७७, काठमाडौं

विश्व स्वास्थ्य संगठनले कोभिड १९ (कोरोना भाइरस) कहिल्यै नजान सक्ने बताएको छ ।

संगठनका आपत्कालीन निर्देशक डा. माइक रायनले बुधबार (हिजो) को ब्रिफिङ्गका क्रममा कोरोना भाइरस कहिल्यै समाप्त नहुनसक्ने चेतावनी दिएका बीबीसीले जनाएको छ ।

डा. रायनले भर्च्युअल प्रेस कन्फरेन्सका क्रममा भने, “हामीले यो भन्‍न आवश्यक छ कि भाइरसको संक्रमण समुदायस्तरमा फैलिइसकेकोले भाइरस कहिल्‍यै समाप्त नहुन सक्छ । यो कहिल्यै नजान सक्छ ।”

विश्वभर कोरोना भाइरसको संक्रमणबाट करिब तीन लाख मानिसहरुको मृत्यु भइसकेको छ भने ४३ लाखभन्दा बढी मानिसहरु संक्रमित भएका तथ्यांकहरुले देखाउँछन् ।

संयुक्त राष्ट्र संघले कोरोना भाइरसका कारण विश्वव्यापी लकडाउनका भएका कारण चिन्ता र मानसिक समस्याका बिरामी बढ्‍नसक्नेसमेत चेतावनी दिएको छ ।

विशेषगरीः मानसिक समस्याका क्षेत्रमा कम लगानी गरिएका मुलुकहरुमा मानसिक बिरामीहरु बढी हुने राष्ट्र संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्