०१ जेठ २०७७, काठमाडौँ
कुनै समयकी चर्चित नायिका गरिमा पन्त विवाहपछि भने चलचित्र क्षेत्रबाट हराइन् । अहिले उनी बेल्जियममा आफ्ना श्रीमानसँग रमाइरहेकी छिन् । यो क्षेत्रलाई छोडेपनि गरिमाले माया भने मार्न सकेकी छैनन् ।
हुन पनि आफूले लामो समयसम्म काम गरेको क्षेत्रलाई उनले बिर्सनु पनि कसरी । यस्तै हालैमात्र गरिमाले सामाजिक सञ्जालमा आफूले पाएका अवार्डका तस्बिरहरु सेयर गरेकी छिन् ।
उनले ती दिनहरु आफ्ना लागि निकै विशेष भएको बताएकी छिन् । फोटो सेयर गर्दै गरिमाले लेखेकी छिन्, ‘जब मनमा बितेका संझना जाग्छ, केही मिठा पलहरु खास लाग्छन् ।केही मिठा पलहरु खास लाग्छन् ।’ गरिमाले अवार्ड पाउँदाको क्षणलाई खास पल भनेको वुझ्न सकिन्छ ।
गरिमाको करिअरमा अब यस्तो अवसर आउँला नआउँला भन्न सकिदैन ।