०१ जेठ २०७७, काठमाडौँ
बलिउड अभिनेता अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै नै सक्रिय रहने अभिनेता हुन् । झन् यो कोरोनाको समयमा उनी सामाजिक सञ्जालमा नै धेरै समय बिताइरहेका छन् ।
तर अमिताभले सामाजिक सञ्जालमा विभिन्न चेतनामूलक भिडियोहरु अपलोड गर्ने गर्छन् । उनले बारम्बार सबैलाई घरमै सुरक्षित रहन आग्रह पनि गरिरहेका छन् । यसैबिच अमिताभले हालैमात्र एक भिडियो सेयर गरेका छन् ।
शारीरिक र मानसिक रुपमा कोरोनाले आक्रमण गर्ने उनको तर्क छ । उनले मानसिक आक्रमणको असर के हुन सक्छ भन्दै केहि विषय थपेका छन् ।
उनका अनुसार मानसिक आक्रमणले हामी भित्र एउटा शंका पैदा गर्छ । हामी त्यो व्यक्ति संग समेत डराउछौ जो अस्पतालबाट ठिक भएर घर फर्किएको छ । उक्त व्यक्ति जसलाई डाक्टरले खुसि खुसी बिदा दिएका छन्, उनीहरुलाई समाजमा समेत फूल बर्षाएर स्वागत गर्नु पर्छ । यदि हाम्रो हार भयो भने कोरोनाको जीत पक्का छ ।