स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन



०१ जेष्ठ २०७७, काठमाडौं

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार (आज) बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्याक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो ।

पीसीआर परीक्षण, व्यक्तिगत सुरक्षा सामग्री, मास्क, थर्मल गनलगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशीघ्र गर्न समितिले सरकारलाई निर्देशन गरेको छ ।

समितिले आइसोलेसन बेड, भेन्टिलेटरहरुको थप व्यवस्था र अन्य बिरामीहरुले खानुपर्ने औषधिमा अभाव हुन नदिन पनि सरकारलाई निर्देशन दिएको सभापति जयपुरी घर्तीले बताएकी छिन् ।

यस्तै परीक्षणको दायरा तीब्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्थ्य सामग्रीको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्