०१ जेठ २०७७, काठमाडौं
अनेरास्ववियू सिन्धुली र राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीले सदरमुकाम सिन्धुलीमाढी स्थित शैलशिखर अनाथलयमा खाद्यान्न, स्टेशनरी र लत्ताकपडा लगाएतको समाग्री वितरण गरेको छ ।
५६ औ विद्यार्थी एकता तथा ६९ औं राष्ट्रिय युवा संघ नेपाल स्थापना दिवसको अवसरमा अनाथलयमा खाद्यान्न (चामल,नुन,तेल) लत्ताकपडा र नियमित एकान्तवासमा अध्ययन अभ्यासलाई सहयोगको लागी शैक्षिक सामाग्री (कपी, पेन्सिल, कटर,इरेजर) लगाएतको समाग्री वितरण गरेको अनेरास्ववियू सिन्धुलीका सहसंयोजक भानुभक्त श्रेष्ठले परिवर्तन खबरलाई बताएका छन् ।
कोरोना भाईरस (कोभिड–१९)को महामारीको बेला सामाजिक दुरी कायम गरी अनाथलय भित्र रहेका बालबाालिकाहरुले सहजरुपमा खान पाउन भन्ने उदेश्यले खाद्यान्न, लत्ताकपडा र नियमित एकान्तवासमा अध्ययन अभ्यासलाई सहयोगको लागी शैक्षिक सामाग्री संस्थाका अध्यक्ष बिष्णु प्रसाद देवकोटालाई प्रदान गरिएको अनेरास्ववियू सिन्धुलीका संयोजक गोकर्ण भुजेलले जनाए ।
कार्यक्रममा नेकपा जिल्ला सचिव प्रदिप कटुवाल, नेकपा नेता महेन्द्रदेव श्रेष्ठ, ज्वाला प्रसाद न्यौपाने(पुकार), अनेरास्ववियूका केन्द्रिय सदस्य टिकाजंग थापा, उत्तम पहाडी, दिपेश वराल, लाल बहादुर बुढाथोकी, राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका संयोजक अविरल मगर, सह–संयोजक देवराज वाइवा लगाएत पार्टी संगठनका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।