अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



०२ जेठ २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८६ हजार ८ सय ७३ बढी  पुगेको छ ।

एकैदिन २५ हजार २ सय ७० जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १४ लाख ५५ हजार ६ सय १७ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार २ सय ४० जनाको अवस्था गम्भीर रहेको छ भने ३ लाख १६ हजार ७ सय २४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्