०२ जेठ २०७७, काठमाडौं
भारतमा पछिल्लो २४ घण्टामा ९८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २ हजार ६ सय ४९ नाघेको छ ।
एकैदिन ३ हजार ९ सय ४२ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८१ हजार ९ सय ९७ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २७ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् भने ५१ हजार ३ सय ७९ जना संक्रमितको उपचार भइरहेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क राष्ट्रमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ भने एसियाली मुलुकमा चौथो नम्बरमा रहेको छ त्यस्तै विश्वमा १४ औं नम्बरमा रहेको छ ।