कोरोनाको मृत्यु ताण्डव, विश्वभर ३ लाखभन्दा बढीको मृत्यु, कुन देशमा कती ? (अपडेट)



०२ जेठ २०७७, काठमाडौं

कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । वल्ड्रोमिटरका अनुसार विश्वभर संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३ लाख ३ हजार २४ पुगेको छ । पुगेको छ । त्यस्तै विश्वभर संक्रमितहरुको संख्या ४५ लाख १९ हजार ९५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २५९ जनाले ज्यान गुमाएका छन् भने ९४ हजार ३०४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १६ लाख ९९ हजार ८८३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २५ लाख १७ हजार ५२ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ५५२ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा मृत्यु हुनेको संख्या ८६ हजार ८ सय ७३ बढी  पुगेको छ ।एकैदिन २५ हजार २ सय ७० जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १४ लाख ५५ हजार ६ सय १७ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार २ सय ४० जनाको अवस्था गम्भीर रहेको छ भने ३ लाख १६ हजार ७ सय २४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

त्यस्तै बेलायतमा अहिलेसम्म ३३ हजार ६ सय १४ जनाको मृत्यु भएको छ भने २ लाख ३३ हजार १ सय ५१ जना संक्रमित देखिएका छन् । त्यहाँ पछिल्ला चौबिस घण्टामा ३ हजार ४ सय ४६ जना नयाँ संक्रमित देखिएका छन् भने ४ सय २८ जनाको मृत्यु भएको छ ।

उता, रसिया कूल संक्रमितहरुको संख्यामा संख्या २ लाख ५२ हजार २ सय ४५ रहेको छ भने मृतकको संख्या २ हजार ३ सय ५ रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ९ सय ७४ जना नयाँ संक्रमित देखिए भने ९३ जनाको मृत्यु भएको छ ।

त्यस्तै, स्पेन कूल संक्रमितहरुको संख्यामा अमेरिकाभन्दा दोश्रो स्थानमा रहेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय ४६ पुगेको छ भने मृत्यु हुनेको संख्या भने कूल २७ हजार ३ सय २१ रहेको छ ।

शुक्रबार बिहानसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५९ हजार ६८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १८ हजार ६७२ पुगेको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा ९७ हजार ६३३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ९८ हजार ८८० पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २५ हजार ५७३ जनाको मृत्यु भएको छ । ७ लाख ३८ हजार ९२० जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २० हजार ३८ जनाको मृत्यु भएको छ । ३ लाख ७७ हजार १७४ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ५७८ जनाको ज्यान गएको छ भने ७७ हजार २ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्