अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



०३ जेठ २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय १२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८८ हजार ४ सय २४ बढी  पुगेको छ ।

एकैदिन २४ हजार ९ सय ३१ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १४ लाख ८२ हजार ५ सय २४ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार १ सय ४२ जनाको अवस्था गम्भीर रहेको छ भने ३ लाख २२ हजार २ सय ६४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्