छिमेकी भारतले उछिन्यो चीनलाई, आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



०३ जेठ २०७७, काठमाडौं

कोरोना भाइरसका संक्रमितको संख्या चीनमा भन्दा भारतमा बढी भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा १०४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २ हजार ७ सय ५३ नाघेको छ ।

एकैदिन ३ हजार ७ सय ८७ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८५ हजार ७ सय ८४ पुगेको छ । यो संख्या चीनको भन्दा २ हजार ८ सय ५१ ले बढी हो । चीनमा अहिलेसम्म ८२ हजार ९ सय ३३ जना संक्रमित भएका छन् ।

त्यस्तै संक्रमितमध्ये ३० हजार २ सय ३४ जना उपचारपछि निको भएका छन् भने ५२ हजार ७ सय ९७ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्