मदन भण्डारीको मृत्युको गहिरो अन्वेषण हुन्छ : अ‍ोली-प्रचण्ड



०३ जेष्ठ २०७७, काठमाडौं

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय नेता मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा भएको मृत्युको घटनाको गहिरो अन्वेषण गर्ने बताएका छन् ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटनामा मृत्यु भएको २७ वर्ष पूरा भएको अवसरमा शनिबार (आज) संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले यसको अन्वेषणमा निरन्तर लागिरहेन बताएका हुन् ।
⇒ नेकपा अध्यक्षद्वयको संयुक्त वक्तव्य : ‘पार्टी एकता नेपालको राजनीतिमा सामान्य घटना होइन’
“घटनको रहस्य अझै उद्घाटित हुन सकेको छैन । तर, आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन् । उनीहरूमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन् ।” विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्