०३ जेठ २०७७, काठमाडौँ
लकडाउनका कारण यतिबेला सबै मानिसहरु घरमै समय बिताइरहेका छन् । दिन कटाउनको लागि मानिसहरु आफूलाई विभिन्न कुरामा व्यस्त बनाइरहेका छन् । यस्तै लकडाउनका कारण अनलाइन लुडोको प्रयोगकर्ता निकै नै बढेका छन् ।
आजभोली प्राय मानिसको दिन लुडो खेलेर नै बित्ने गरेको छ । तर यहि लुडोले भारतको गुजरात प्रदेशमा भने उग्र रुप नै लिएको छ । भारतको गुजरात प्रदेशको भाडोडरा सहरमा बस्ने एक श्रीमान र श्रीमतीको लुडोको कारण नै झगडा भएको छ ।
वास्तवमा श्रीमान कतै बाहिर नजाओस् भनेर श्रीमतीले लुडो खेल्न अराइन् । श्रीमान् पनि श्रीमतीसँग अनलाइनमा लुडो खेल्न आए । तर लगातार ३, ४ पटकसम्म हारेपछि उनलाई सह्य भएन र आफ्नै श्रीमतीमाथि लात्ता प्रहार गरे ।
उनले लाती हान्दा श्रीमतीको मेरुदण्डमा निकै असर पर्यो । जसका कारण उनलाई हस्पिटल नै भर्ना समेत गर्नुपरेको छ । अहिले उनको उपचार भैरहेको छ । उपचारपश्चात श्रीमतीले माइतमा गएर बस्ने बताएकी छिन् भने श्रीमान श्रीमतीसँग माफी मागेर उनलाई घरमै ल्याउन चाहन्छन् ।