महामारीका बीच इटालीले गर्यो झन जोखिमपुर्ण निर्णय



०४ जेठ २०७७, काठमाडौं

लकडाउन खुकुलो बनाएको इटली सरकारले अब ३ जुनदेखि यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको हो । यसका साथै १५ जुनदेखि सिनेमा घरहरु तथा २५ मेदेखि स्विमिङ पुल र स्पोर्टस सेन्टर पनि खोलिने छ

इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सम्भावित खतराको आँकलन गरेरै यी निर्णयहरु लिइएको बताएका छन् । कोरोना संक्रमणबाट नराम्रोसँग प्रभावित इटालीलाई आर्थिक संकटबाट उकास्ने दृष्टिले यी निर्णयहरु लिइएको उनले बताए ।

यात्रा प्रतिबन्ध हटे पनि युरोपियन युनियनका देशहरुबाट इटाली आउने नागरिकहरुले अनिवार्य दुई हप्ता क्वारेन्टाइनमा राखिने प्रधानमन्त्री कोन्टेले बताए ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार इटालीमा कोरोना संक्रमणबाट ३१ हजार ७ सय ६३ जनाको ज्यान गइसकेको छ । २ लाख २४ हजार ७ सय ६० जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्