अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



०४ जेठ २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८९ हजार ५३४ बढी  पुगेको छ ।

एकैदिन २१ हजार ३ सय ९९ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ लाख ५ हजार ६ सय ८४ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार २ सय ४७ जनाको अवस्था गम्भीर रहेको छ भने ३ लाख ३८ हजार ८ सय ६१ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्