कोरोनामय विश्वभर नेपाली : ९६को मृत्यु, ७ हजार बढी संक्रमित



०४ जेष्ठ २०७७, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वभर हालसम्म ९६ जना नेपालीले ज्यान गुमाएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यसैगरी, अमेरिकामा कोरोनाकै कारण १५ जना नेपालीको मृत्यु भएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ । समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् । यो सातामात्र नेपालसहित थप १८ जनाको मृत्यु भएको हो । यस साता ज्यान गुमाउनेहमा युकेमा १२, युएईमा ३, साउदी अरबमा २ र नेपालमा १ रहेको एनआरएनएले जनाएको छ ।

संक्रमित हुनेमा नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली रहेका छन् । संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्