लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा बन्यो, मन्त्रिपरिषद्मा लैजाने तयारी



०४ जेष्ठ २०७७, काठमाडौं

सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीति तथा प्रशासनीक नक्सा तयार गरेको छ ।

सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय आइसकेकोले भूमि व्यवस्थामन्त्री पदमा अर्यालले मन्त्रिपरिषद्मा नयाँ नक्सासहितको प्रस्ताव लैजाने तयारी गरेकी छिन् ।

मन्त्रालय स्रोतका अनुसार नयाँ नक्साको अधिकांश काम तयारी अवस्थामै थियो । यसबीचमा भारतसँग वार्ताबाट समाधान हुने अपेक्षामा नक्सा जारी गर्न रोकिएको मन्त्री अर्यालले बताइन् ।

तर भारतले लिपुलेकबाटै सडक खन्न थालेपछि नक्सा जारी गर्न नेपाललाई दबाब परेको हो । यसअघि नेपालको नयाँ राजनीतिक नक्सा तयार गर्न नेकपा सचिवालय बैठक तथा संसदीय समितिले निर्देशन दिएको थियो ।

विभागले नयाँ नक्सा तयार पारिसकेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्