०४ जेष्ठ २०७७, काठमाडौं
प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतीय अतिक्रमित भूमिबारे भारतीय सेनाध्यक्षले दिएको अभिव्यक्तिको खण्डन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आइतबार (आज) बसेको समितिको बैठकले सेनाध्यक्षको अभिव्यक्तिलाई कूटनीतिक तहबाट खण्डन गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकले लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, गुन्जी र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्ति दिएको भन्दै कूटनीतिक तहबाटै खण्डन गर्न निर्देशन दिएको हो ।
केही दिनअघि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले नेपालले लिपुकेलकको मुद्दा अरु कसैको इशारा आँटमा अगाडि ल्याएको भनी विवादास्पद अभिव्यक्ति दिएका थिए ।
“भारतले सीमाबारे सेना प्रमुखलाई बोलाएको छ । यो सैन्य धम्की हो । यसबारे नेपाल सरकार बोल्नपर्यो ।” सत्तारुढ नेकपाका सांसद दीपकप्रसाश भट्टले बैठकमा भने ।
यसैगरी नेकपाकै सांसद सुरेन्द्र (राम) कार्मीले पनि सेनाध्यक्षको अभिव्यक्तिको खण्डन कुनै पनि हालतमा हुनुपर्ने अडान राखे ।
|फाइल तस्वीर|