०४ जेष्ठ २०७७, काठमाडौं
नेपालमा कोभिड १९ (कोरोना भाइरस)का कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आइतबार (आज) मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएका जानकारीअनुसार बाँकेको क्वारेन्टाइनमा रहेका एक २५ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको हो ।
उनको मृत्युभन्दा अगाडि कोरोनाको रिपोर्ट नआएपनि पछि आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले बताए ।
उनी गत ३० वैशाखमा भारतबाट आएका पनि उनले बताए । योसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।
यसअगाडि हिजो पनि सिन्धुपाल्चोककी एक महिलको कोरोनाकै कारण ज्यान गएको मन्त्रालयले नै जानकारी दिएको थियो । हालसम्म नेपालमा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने, ३६ जनाले पूर्ण रुपमा स्वास्थ्य लाभ लिएका छन् ।
जसमा दुईजनाले ज्यान गुमाएका छन् ।