०४ जेठ २०७७, काठमाडौँ
लकडाउनबिच भारतीय टेलिभिजनका चर्चित अभिनेता मनमीत ग्रेवालले आत्महत्या गरेका छन् । उनी पछिल्लो समयमा आदत से मजबुर नामक टिभी सिरियलमा देखिदैँ आएका थिए ।
मनमीत लामो समयदेखि निकै चिन्तामा थिए । टाउकोमा पहिलेदेखि नै धेरै ऋण थियो । त्यसपछि लकडाउनमा काम पनि नभएपछि उनलाई अहिले झनै समस्या पर्यो । उनले पैसाको अभावले घर भाडा पनि तिर्न पाएका थिएनन् ।
जसका कारण अरु केही विकल्प नभएपछि उनले आत्महत्याको निर्णय गरे । उनकी श्रीमतीले श्रीमानलाई झुण्डिरहेको देखेपछि सहयोग पनि मागिन् । तर कोरोनाकै कारण उनको श्रीमानको निधन भएको भनेर कसैले उनको लाख उठाउन मानेनन् ।