आज अमेरिकामा घटे मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



०५ जेठ २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ८ सय ६० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९० हजार ९ सय ७३ बढी  पुगेको छ ।

एकैदिन १९ हजार ६९ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ लाख २६ हजार ८ सय ४२ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ३ सय ५३ जनाको अवस्था गम्भीर रहेको छ भने३ लाख ४४ हजार ९ सय ४३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्