अमेरिकापछि रुस बन्यो धेरै संक्रमितको राष्ट्र



०५ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बाट रुसमा २ लाख ८१ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

संक्रमित हुनेको यो संख्या युरोपकै सबैभन्दा धेरै र विश्वमा दोस्रो हो । १५ दिनअघिसम्मै संक्रमितको संख्या १ लाखभन्दा तल रहेको रुसमा यो बीचमा संक्रमित संख्या दैनिक औषत १० हजारको दरले बढ्दै २ लाख ८१ हजार ७५२ पुगेको हो ।

रुसमा पछिल्लो २४ घण्टामा ९४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २ हजार ६३१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्