‘मेरो घमण्ड र भ्रम कोरोनाले चिरिदिएको छ’ : प्रकाश सपूत



०५ जेठ २०७७, काठमाडौँ

चर्चित गायक प्रकाश सपूत यतिबेला आफ्नो जन्मघर बाग्लुंगमा परिवारसँग समय बिताइरहेका छन् । उनी लकडाउन हुनु अघि नै बाग्लुगं गएका थिए । गाउँ जानुअघि उनी चलचित्र परदेशी २ को छायांकनमा व्यस्त थिए ।

परदेशी २ प्रकाशको डेब्यु चलचित्र हो । उनै प्रकाशले  कोरोनाले आफ्नो भ्रम र घमण्ड चिरिदिएको उल्लेख गरेका छन् ।

गायक सपुत लेख्छन्–‘पछिल्लो दुई वर्ष मैले जुन जीवन जिएँ, जुन उपलब्धि हासिल गरे, यो सधैं यस्तै रहन्छ भन्ने भ्रम र घमण्ड कोरोनाले नराम्रोसँग चिरिदिएको छ । म पुनः त्यही धरातलमा फर्किएको छु, जहाँबाट केही उचाइ पुगेरै छाड्ने अठोट सहित हिँडेको थिएँ । मैले यो परिस्थितिलाई सहर्ष स्वीकारेको छु र त्यसरी नै बाँचेको छु, जसरी पहिला थियो ।’

प्रतिक्रिया दिनुहोस्