‘अनुष्काको प्रवेशसँगै मेरो जीवन नै बद्लिएको छ’ : विराट कोहली



०५ जेठ २०७७, काठमाडौँ

विराट कोहली र अनुष्का शर्मा बलिउडका निकै क्युट कपलमध्येका एक हुन् । यी दुईको जोडीलाई दर्शकले औधी रुचाउने गरेका छन् । करिब २ बर्ष अगाडी यी दुईले प्रेम विवाह गरेका थिए । अहिले रमाइलोसँग यी दुईको जीवन बितिरहेको छ ।

यस्तै हाल लकडाउका कारण फुर्सदमा रहेका विराटले आफूले अनुष्कालाई कहिल्यै पनि प्रेम प्रस्ताव नराखेको बताएका छन् । फुटबलर सुनिल क्षेत्रीसँग इन्स्टाग्राममा कुराकानी गर्दै विराटले भनेका छन्–‘हामीले बिहे गर्ने कुरामा कुनै शंका नै थिएन । यसैले पनि औपचारिक रुपमा नै प्रेम प्रस्ताव राख्नुपर्ने कुनै कारण नै थिएन ।’

विराटले अनुष्का आएसँगै आफ्नो जीवन नै परिवर्तन भएको बताएका छन् । उनले अनुष्का आफ्नो जीवनमा आउनुअघि आफ्नो बारेमा मात्र सोच्ने गरेको तर अहिले अनुष्का आएपछि आफूले अनुष्काको खुसीको बारेमा पनि सोच्ने गरेको बताएका छन् । उनले सकेसम्म आफूले अनुष्कालाई खुसी राख्ने कोशिस सधैँ गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्