०६ जेठ २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख नाघेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा १ सय ३१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ हजार १ सय ५६ नाघेको छ ।
एकैदिन ४ हजार ६ सय ४२ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३ सय ४० पुगेको छ ।