दक्षिण सुडानका उपराष्ट्रपति दम्पती नै कोरोना संक्रमित



०६ जेठ २०७७, काठमाडौं

दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र उनकी श्रीमती एजेलिना टोनी कोरोनाभाइरसद्वारा संक्रमित भएका छन् । एजेलिना दक्षिण सुडानकी रक्षामन्त्रीसमेत हुन् ।

माशर ६० वर्ष नाघिसकेका छन् । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोनाको संक्रमण देखिएपछि उनको कोरोना भाइरसको परीक्षणगरिएको थियो । माशरका बडीगार्ड र कर्मचारीका केही सदस्यमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

दक्षिण सुडानमा अहिलेसम्म २९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्