०७ जेठ २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा १ सय ४६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३ नाघेको छ ।
एकैदिन ६ हजार १ सय ४७ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६ हजार ४ सय ७५ पुगेको छ ।