बेलायतमा कोरोना मृत्यु विश्व स्वास्थ्य संगठनको तथ्याङ्क भन्दा निकै धेरै रहेको खुलासा



०७ जेठ २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  बेलायतमा छ ।

विश्व स्वास्थ्य संगठन र वर्ल्डोमिटर्सले बेलायतमा मृत्यु हुनेको संख्या ३५ हजार हाराहारी रहेको जनाएका छन् । तर स्याहार केन्द्रमा भएको मृत्युलाई गणना गर्दा यो संख्या त्यो भन्दा निकै माथि रहेको बताइएको छ ।

बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र वेल्समा मात्रै करिब १० हजार जनाको स्याहार केन्द्रहरूमा मृत्यु भएको छ ।

बेलायतमा यही मे ८ गतेसम्ममा ४० हजार ९०२ व्यक्तिको मृत्यु भएको छ । वर्ल्डोमिटर्सका अनुसार बेलायतमा अहिलेसम्म २ लाख ४८ हजार ८१८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्