इंग्लिस प्रिमियर लिगका ६ जना खेलाडी र पदाधिकारीमा कोरोनाको संक्रमण पुष्टि



०७ जेठ २०७७, काठमाडौं

इंग्लिस प्रिमियर लिगमा आवद्ध क्लवका खेलाडी र पदाधकारीसहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको महामारीका कारण रोकिएका लिगका खेलहरु सुरु गर्ने तयारी भइरहँदा खेलाडी र पदाधिकारीमा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरसको संक्रमण पुष्टि भएका खेलाडी तथा पदाधिकारीहरुलाई आइसोलेशनमा राखिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रिमियर लिगका १९ क्लबका खेलाडी तथा पदाधिकारी गरी ७४८ जनाको परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्