अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



०८ जेठ २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९४ हजार ९ सय १८ बढी  पुगेको छ ।

एकैदिन २० हजार ६ सय ६९ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ लाख ९१ हजार २ सय ५२ बढी पुगेको छ । संक्रमितमध्ये १७ हजार ८ सय १० जनाको अवस्था गम्भीर रहेको छ भने ३ लाख ७० हजार ५७ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्