अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



०९ जेठ २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९६ हजार २ सय ६९ बढी  पुगेको छ ।

एकैदिन २७ हजार ६४ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १६ लाख १९ हजार ७ सय ८७ बढी पुगेको छ । संक्रमितमध्ये १७ हजार ९०२ जनाको अवस्था गम्भीर रहेको छ भने ३ लाख ८१ हजार ९ सय १४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्