०९ जेठ २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा १ सय ५० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ हजार ५ सय ८४ नाघेको छ ।
एकैदिन ६ हजार १ सय ९८ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख १८ हजार २ सय २६ पुगेको छ ।