विश्वभर महामारीका बीच चीनबाट आयो यस्तो खबर , निरास विश्वमाझ झिनो आसाको दियो



०९ जेठ २०७७, काठमाडौं

चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधी पत्ता लगाएको दाबी गरेका छन् । चीनको चर्चित र प्रतिष्ठित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको टीमले उक्त औषधीको परीक्षण गरिरहेको जनाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको भ्याक्सिन बनाउने तयारीमा संसारका थुप्रै चिकित्सक र कम्पनीहरु जुटिरहेका बेला चीनमा भ्याक्सिनको सट्टा औषधी नै तयार पारिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार परीक्षण गरिँदै गरिएको यो औषधीले छोटो अवधिमै भाइरसविरुद्व शरिरमा प्रतिरक्षा कायम गर्ने जनाइएको छ । उनीहरुले यो औषधी अन्य जनावरहरुको शरीरमा परीक्षण गरिरहेका छन् । विश्वविद्यालयका निर्देशक सुन्ने शीले भनेका छन्, ‘औषधी जनावरमा सफल भएको छ ।’

निर्देशक शीले कोरोना संक्रमित मुसामा औषधीको परीक्षण गरिरहेको बताए । उनले यो औषधी मुसामा प्रयोग गर्दा पाँच दिनमै भाइरस शून्य स्थितिमा देखिएको जानकारी दिए । उनका अनुसार यो औषधीले कोशिकालाई संक्रमित हुनबाट जोगाउन मानव शरिरमा प्रतिरक्षा प्रणालीद्वारा तयार गरिएको न्यूट्लाइजिङ्ग एन्टीबडीको प्रयोग गर्दछ । निर्देशक शीले यो वर्षको अन्त सम्ममा औषधी तयार हुनसक्ने बताएका छन् । उक्त अध्ययन परीक्षणबारे आइतबार साइन्टिफिक जर्नलमा लेख समेत प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्