श्रीलङ्कामा पैसा बाँड्दै गर्दा तीनजनाको मृत्यु



०९ जेठ २०७७, काठमाडौं

श्रीलङ्काको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीनजनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

एक मुस्लिम व्यापारीले रमजानको महिनाको समाप्तिका बेला ईदका लागि आफ्नो गोदाममा कोरोना भाइरस महामारीका कारण समस्याको सामना गरिरहेकाहरुलाई पैसा दान गरिरहेका थिए । त्यतिबेला त्यहाँ सयौं व्यक्ति जम्मा भएका थिए ।

पुलिस र प्रशासनलाई कुनै जानकारी नदिई आफू खुसी महामारीका बेला पैसा बाँड्ने ६ व्यक्तिलाई पक्राउ गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्