कोरोना भाइरस महामारीका बीच अमेरिकामा थपियो अर्को त्रास



०९ जेठ २०७७, काठमाडौं

अमेरिका कोरोना भाइरस महामारीबाट सबैभन्दा धेरै प्रभावित देश हो । यहाँ १५ लाखभन्दा धेरैमा संक्रमण देखिएको छ भने एक लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

यति नै बेला उत्तरीमा अमेरिकामा घरपालुवा तथा जंगली खरायोमा अर्को डरलाग्दो रोगको महामारी फैलिएको समाचारमा जनाइएको छ । यसै महिनाको सुरुवातमा यो रोग क्यार्लिफोनियामा देखिएको थियो । त्यसयता, यस प्राणघातक रोगबाट खरायोलाई बचाउनका लागि स्थानीय तथा राज्यका अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

र्‍याबिट हेर्मोरागिक डिजिज (आरएचडी भी २) नामक यो भाइरसको सम्बन्ध नोबेल कोरोना भाइरससँग नरहेको र यसले खरायोबाहेक कुनै पनि घरेलु जनावर वा मानिसलाई संक्रमित नगर्ने विज्ञहरुले जनाएका छन् ।

‘ यो भाइरस हाम्रो रैथाने जंगली खरायोको जनसंख्यामा फैलिएको छ र हाम्रो बुझाई अब यो आरक्षण क्षेत्रमा आरएचडिभी कायम रहनेछ र यसले अगाडि बढेर घरपालुवा खरायोलाई पनि जोखिममा पार्नेछ ,’ क्यालिफोर्निया एनिमल वेल्फेयर एशोसियसनले भनेको छ,‘हाम्रो बुझाईमा केही दिन वा सातामै यो अमेरिकाका बाँकी राज्यमा पनि फैलनेछ र सबै घरपालुवा खरायो यस भाइरसको जोखिममा हुनेछन् ।’

विज्ञहरुका अनुसाार संक्रमित खरायोले कुनै लक्षण नदेखाउन पनि सक्छन् र एक्कासी मृत्यु हुनसक्छ । वा ज्वरो, सुन्निने, आन्तरिक रक्तास्राव वा कलेजकोमा समस्या देखिने पनि हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्