०९ जेठ २०७७, काठमाडौँ
केहीसमय अघिमात्र बलिउडले बलिउडका २ महान अभिनेतालाई गुमायो । इरफान खान र ऋषि कपुरले केहीसमय अघिमात्र संसार छोडे । उनीहरुक
यसैबिच नयाँ खबर सार्वजनिक भएको छ । इरफान र ऋषिबारे नचाहिने ट्वीट गरेका कारण भारतका चर्चित निर्माता तथा नायक कमाल आर खानविरुद्ध मुद्धा दर्ता भएको छ । हुन त त्यसैपनि कमाल बेला बेलामा विवादमा आइरहने कलाकारमा नै पर्छन् ।
नायकविरुद्ध उपनगरीय क्षेत्र बान्द्रामा बुधबार एफआइआर दर्ता गरिएको छ । कमाल खार खानविरुद्ध यो एफआइआर युवा सेनाको कोर कमिटी सदस्य राहुल कनलले दर्ता गरेका हुन् । वास्तवमा अप्रिल २९ मा ऋषि कपुर अस्पतालमा भर्ना भएको खबर सार्वजनिक भएको थियो । त्यसपछि कमाल खार खानले एक–एक गरी दिवंगत अभिनेताविरुद्ध ट्वीट गर्न सुरु गरे ।
ऋषि कपुर अस्पताल भर्ना भएको खबरबारे कमालले ट्वीट गर्दै लेखे, ‘ऋषि कपुरलाई अस्पताल भर्ना गरिएको छ । म उनलाई यत्ति मात्र भन्न चाहन्छु कि सर ठिक भएर फिर्ता हुनुहोस् । बाहिर ननिस्कनुहोस् किनभने रक्सी पसल २–३ दिन पछि मात्रै खुल्नेछ ।’
एउटा कलाकारको बारेमा यतिसम्म लेख्न उनी आफैलार्ई लाज लाग्नुपर्ने हो । उनले ऋषिको बारेमा मात्र नभएर इरफानको बारेमा पनि होच्याएर ट्वीट गरेका थिए । उनले इरफानलाई पाप लागेर क्यान्सर भएको र उनकी आमाको निधन पनि त्यसैकारण भएको बताएका थिए । इरफानले बलिउडमा आफ्नो इमेज निकै राम्रो कलाकारको रुपमा बनाउँदै आएका छन् । जसका कारण कमालको उक्त ट्वीटले सामाजिक सञ्जालमा उनलाई गालीको बर्षा नै भएको थियो ।
यद्यपि, उनका भद्दा ट्वीटको सिलसिला यत्तिमा मात्रै सिमित भए । उनले अन्य थुप्रै आपत्तिजनक ट्वीट गरे जसका कारण सोसल मिडिया प्रयोगकर्ताले उनको अकाउन्ट सस्पेन्ड गर्ने माग गरकेका थिए ।