१० जेठ २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा १ सय ४२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ हजार ७ सय २६ नाघेको छ ।
एकैदिन ६ हजार ५ सय ६८ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २४ हजार ७ सय ९४ पुगेको छ ।