अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



१० जेठ २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा१ हजार २ सय ५८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९७ हजार ६ सय ३५ बढी  पुगेको छ ।

एकैदिन २३ हजार ७ सय ३५जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १६ लाख ४४ हजार ६ सय ३२ बढी पुगेको छ । संक्रमितमध्ये १७ हजार १ सय जनाको अवस्था गम्भीर रहेको छ भने ३ लाख ९७ हजार २ सय ८६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्