१० जेठ २०७७, काठमाडौं
चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण ब्राजिलमा पनि छ ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा ९ सय ६६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ४८ बढी पुगेको छ ।
एकैदिन १९ हजार ९ सय ६९ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ३० हजार ८ सय ९० बढी पुगेको छ । संक्रमितमध्ये १ लाख ३५ हजार ४ सय ३० जना उपचारपछि निको भएका छन् ।