अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



११ जेठ २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९८ हजार ६ सय ७३ बढी  पुगेको छ ।

एकैदिन २१ हजार ७ सय ५७ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १६ लाख ६६ हजार ७ सय ३६ बढी पुगेको छ । संक्रमितमध्ये १७ हजार १ सय २५ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ४६ हजार ८ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्