ब्राजिल बन्यो संसारको दोस्रो सबैभन्दा प्रभावित देश , अहिले सम्म कति मृतक, कति संक्रमित ? अपडेट



११ जेठ २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  ब्राजिलमा पनि छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ९ सय ६५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२ हजार १३ बढी  पुगेको छ ।

एकैदिन १६ हजार ५ सय ८ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ४७ हजार ३ सय ९८ बढी पुगेको छ । संक्रमितमध्ये १ लाख ४२ हजार ५ सय ८७ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्