संक्रमणको उत्पती स्थान चीनमा शून्यमा झर्‍यो कोरोनाको संक्रमण दर



११ जेठ २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । तर संक्रमणको उत्पती स्थान चीनमै भने महामारी फैलिन शुरु भएयता पहिलाे पटक शनिबार एक जना पनि सङ्क्रमित थपिएका छैनन् ।

चीनमा पछिल्लाे २४ घण्टामा नयाँ सङ्क्रमण नदेखिएपछि संक्रमण दर शून्यमा झरेको दाबी गरिएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ विरामी नभेटिए पनि अहिले ७९ जना सङ्क्रमितको उपचार भइरहेको जनाएको छ । चीनमा अहिलेसम्म ८२ हजार ९७१ जना सङ्क्रमित भएका छन् भने ४ हजार ६३४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्