सर्वाधिक प्रभावित राज्य न्यूयोर्कमा स्वाटै घट्यो मृत्यु, दुई महिनापछि कै कम मृत्यु, अपडेट



११ जेठ २०७७, काठमाडौं

अमेरिकाभरी सर्वाधिक प्रभावित राज्य न्यूयोर्कमा मार्च महिनापछि पहिलो पटक कोरोनाका कारण सयभन्दा कमको मृत्यु भएको छ ।

हिजो शनिबार यहाँ १०८ को मृत्यु भएको थियो भने पछिल्लो २४ घण्टामा यहाँ ८४ जनाको मृत्यु भएको न्यूयोर्कका गभर्नर एन्ड्रू कूमाले जानकारी दिएका छन् । यहि २ महिनाको अवधीकमा यहाँ एकैदिन एक हजारभन्दा बढीको मृत्यु भएको थियो ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९८ हजार ६ सय ७३ बढी  पुगेको छ । एकैदिन २१ हजार ७ सय ५७ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १६ लाख ६६ हजार ७ सय ३६ बढी पुगेको छ । संक्रमितमध्ये १७ हजार १ सय २५ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ४६ हजार ८ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्