अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक, आज कति थपिए मृतक र संक्रमित,अपडेट



१२ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ६ सय ३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९९ हजार २ सय ८६ बढी  पुगेको छ ।

एकैदिन १८ हजार ३ सय ३९ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १६ लाख ८५ हजार १ सय ६७ बढी पुगेको छ । संक्रमितमध्ये १७ हजार १ सय ३५ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ५१ हजार ५ सय ८४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्