१२ जेठ २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा १ सय ५६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४ हजार २४ नाघेको छ ।
एकैदिन ७ हजार १ सय १३ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगेको छ ।