१४ जेठ २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको तीव्र संक्रमण ब्राजिलमा पनि छ ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार २७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २४ हजार ५ सय ४९ बढी पुगेको छ ।अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ५ सय ४० बढी पुगेको छ ।
ब्राजिलमा एकैदिन १५ हजार ६ सय ९१ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ९२ हजार ३ सय ६० बढी पुगेको छ । संक्रमितमध्ये १ लाख ५८ हजार ५ सय ९३ जना उपचारपछि निको भएका छन् ।