१४ जेठ २०७७, काठमाडौँ
नायिका बर्षा सिवाकोटीले सामाजिक सञ्जालमार्फत केही दिनको लागि फेसबुकबाट ब्रेक लिन लागेको जानकारी दिएकी छिन् ।
उनले यसको खासै कुनै विशेष कारण भने बताएकी छैनन् । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको निर्णयमा सहमत जनाएका छन् ।
अहिलेको माहोल राम्रो नभएकाले सामाजिक सञ्जालबाट टाढै बस्नु नै उचित हुने धेरैले बताइरहेका छन् भने कतिले चाहिँ नाम जुधेका कारण बर्षालाई तनाव भएर उनी केही समयको लागि फेसबुकबाट टाढिन लागेको बताएका छन् ।
यद्यपि बर्षाले पनि यसबारे खासै केही बताएकी छैनन् ।